पेट्रोलियम अन्वेषण निरन्तरताको वर्षातले काम प्रभावित


माघ ४, दैलेख
लगातारको वर्षाका कारण दैलेखको पेट्रोलियम अन्वेषणका काम प्रभावित भएको छ । दैलेखको शिरिस्थान, नाभिस्थान, पादुका लागयतका क्षेत्रमा देखिएको पेट्रोयिम पदार्थको अन्वेषणका क्रममा खनिएका १० वटा सिस्मिक लाईनहरु काम भईरहेको अबस्थामा लगातार वर्षा भएपछि काम प्रभावित भएको बताइएको छ । अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाईनहरु मध्ये उत्तर दक्षिण दिशाका तीन वटा लाईनमा सिस्मिक सर्भे कार्य सम्पन्न भएको खानी तथा भूर्गभ विभागका भुर्गभविद् डा. गणेशनाथ त्रिपाठीले बताए । उनले तीन वटा लाईनमा सिस्मिक कार्य सम्पन्न भएको र बाँकी ७ वटा लाईनमा माघ मसान्त सम्म सिस्मक सर्भे सम्पन्न गर्नेगरी काम भएपनि वर्षातका कारण अन्वेषणका काममा केही प्रभावित भएपनि काम निरन्तर भईराखेको बताए ।
दैलेख जिल्लाको मुख्यतया दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई बिशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका, डङ्गेश्वर गाउँपालिका, नौमूले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भू–भाग समेटेर दश वटा सिस्मिक लाईनहरुमा जम्मा दुई सय लाईन किमि सर्भे गर्न चार सय वर्ग किमि भू–भाग समेटेर सर्भे गरिरहेको छ । अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे,म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरि महत्वपूर्ण मानिएको सेस्मिक सर्र्भेे हो । यो कार्य अन्तर्गत कृत्रिम भुकम्प सिर्जना गरि उत्पन्न गरिएको भुकम्पीय तरङ्गहरु जमिनको सतहमुनीको धेरै गहिराई सम्म पठाएर सतहमुनीका ठोक्कीएर फिर्ता भएका तरङ्गहरुलाई सतहमा गाडिएका सेन्सरहरुमा रेर्कड राख्ने र रेर्कड गरिएका बिभिन्न गहिराईबाट परावर्तन भई आएका तरङ्गहरुको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गहरुहरुको सूक्ष्म अध्ययन गरि पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने कार्यको ५० प्रतिशत काम सम्पन्न भएको भूर्गभविद् डा. गणेशनाथ त्रिपाठीले बताए ।
चिनियाँ प्राविधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफुलाई गराएको जानकारी गराएको र जमिनमुनी पेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतहीमा अन्वेषण्को अनुसन्धानबाट पनि देखिएको छ । सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्न सक्ने खालका चट्टान,पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौर्गर्भिक संरचनाहरुले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना भएको जानकारी दिए । अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाईनहरुमा सर्भे कार्य सम्पन्न पश्चात चाईनाको प्राबिधिक टोली चाईना फर्कने र त्यसको नतिजा आउन साथ मुख्य काम सुरु गर्ने बताए ।
अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक बिश्लेषण अन्तर्गत भण्डारको आकार ,प्रकार आयतन, ब्यापारिक रुपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको बिश्लेषण गरि प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन त्यसको निष्र्कष निकालीने बताए । नेपाल सरकार खाती तथा भूगर्भ बिभागका महानिर्देशक सोमनाथ सापकोटा र चाईना सरकारको जिओलोजिकल सर्वे कम्पनीबिच भएको सम्झौता अनुसार अहिले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि सिस्मिक सर्भेको काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार